हिमाशु राय, मोरङ ।कोशीको मुख्यमन्त्रीमा दाबी गरेका नेपाली काँग्रेसका सांसद केदार कार्कीको पक्षमा ४७ जना प्रदेश सांसदको हस्ताक्षर सनाखत गराएको छ ।
एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका कांग्रेसका केदार कार्कीले आफूलाई समर्थन गरेका ४७ प्रदेश सांसदसहित सनाखतका लागि बिहान प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थिए ।

मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखले शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेबमोजिम माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र केदार कार्कीको दाबी शुक्रबार पेस भएको हो । सत्ता गठबन्धनको सिफारिसमा मुख्यमन्त्रीमा दाबी पेश गरेका माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सनाखत नगर्ने बताइएको छ ।










