काठमाडाै । नेकपा एमालेका महासचिव एवम् पूर्व रक्षामन्त्री ईश्वर पाेखरेलले सात महिनाको पारिश्रमिक कोभिड कोषमा जम्मा गरेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल मार्फत नेता पोखरेलले मन्त्रीबाट बाहिरएको कुरा उल्लेख गर्दै सरकारको औपचारिक निर्णय अनुसार सात महिनाको पारिश्रमिक ४,५६, ४०० कोभिड कोषमा बुझाएको उल्लेख गरेका छन् । त्यस्तै मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्वन्धित ठाउँमा आइतवार बुझाइसकेको जानकारी गराउँदै यस अवधिमा पार्टीको कोषमा ६,०५,००० बुझाएको समेत जनाएका छन् ।

https://www.facebook.com/515916358498573/posts/3944100075680167/










