काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ३४ पैसा र बिक्री दर १४० रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ३० पैसा र बिक्री दर १६३ रुपैयाँ ०४ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४।६ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.९८ रुपैयाँमा कारोबार हुनेछ, साथै क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ९५ पैसा, बिक्रीदर ९७ रुपैयाँ ३९ पैसामा खरिदबिक्री गरिनेछ ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८ रुपैयाँ ९६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८७ पैसा र बिक्री दर ९ रूपैयाँ ९२ पैसा कायम गरिएको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४३ रुपैयाँ र बिक्री दर ३५.५९ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३२ रुपैयाँ कायम गरिएको छ ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.८ पैसा विक्रीदर ४३१.७५ पैसा कायम भएको छ ।










