Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मुख्य राजनितिदल आफ्नाे अस्थित्व बचाउने बाहानामा जनताकाे मुद्दामा जवाफदेहि भएन : सांसद पराजुली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 1, 2023

काठमाडौँ। अवस्था सुधार, बेथिति अन्त्य र विकासको मुद्दालाई अघि बढाउने हुटहुटी बोकेर सदन प्रवेश गर्नुभएका ४४ वर्षीय सांसद गणेश पराजुली आफूले जनताका मुद्दालाई सधैँ उच्च प्राथमिकतामा राखेको बताउँछन् । विधायिकाको मुख्य भूमिका कानुन निर्माण गर्ने भए पनि जनताका गुनासा सुन्न देश दौडाहामा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पराजुली आफूबाट जनताका मुद्दामा कच्चा निर्णय हुन नहुनेमा सचेत छन् ।

केही समयअघि पूर्वीपहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, सङ्खुवासभा र भोजपुरका नागरिकसँग साक्षात्कार गर्नुभएका उनले भने, “राजनीतिक दल र नेताबाट बाचाबाहेक खास अरु केही प्राप्त गर्न नसकेका आम जनतामा धेरै निराशा भएको पाएँ । कतिपय ठाउँमा त नेताहरू आउँछन्, जान्छन् भन्दै हामीलाई नै व्यङ्ग्य गरेको पाएँ ।”

सांसद पराजुलीका अनुभवमा राजनीति, यसको नेतृत्व र राजनीतिक परिवेशप्रति आम नागरिकमा केही वितृष्णा बढेको छ । उनी भन्छन्“ आम नागरिकको अनुहारमा राजनीतिक दल र नेताप्रतिको अविश्वास प्रष्टै देखिन थालेको छ ।” यसलाई कम गर्न सांसद पराजुली सदनमार्फत सशक्त खबरदारीका लागि सम्बन्धित क्षेत्रका सांसदसँगको संवादको तयारीमासमेत छन् ।

“यतिबेला हाम्रो जिम्मेवारी आम नागरिकको आवाज सुन्ने र उहाँहरूको दैनिकीलाई कसरी सहज बनाउने भन्नेतर्फ काम गर्ने हो । जुनसुकै पार्टीका सांसद भए पनि उहाँहरूसँग सहकार्य गरी काम गर्ने हाम्रो योजना हो”, उनले भने । उनका अनुसार केही स्थानमा उहाँहरूले काम सुरु पनि गरिसक्नुभएको छ । “हाम्रो पार्टीले मात्रै यस्ता विषय उठाउँछ भन्ने सन्देश दिनुभन्दा पनि हामी सम्बन्धित क्षेत्रका सबै विधायिकासँग सकारात्मक छलफल गरेर समस्याको निराकरणका लागि बहुपक्षीय संवाद गरिरहेका छौँ”, उनले भने।

नेता पराजुलीले आधारभूत सेवा सुविधाबाट बञ्चित ग्रामीण क्षेत्रका जनता स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको प्रत्याभूतिको आशामा रहेको बताए। त्यही आडमा राजनीतिक नेताले आश्वासन बाँड्दै आएकाले जनता विधायिकाको भूमिकाबारे प्रष्ट हुन नसकेको उनको बुझाइ छ ।

“आम नागरिकलाई विधायिकाको भूमिकाकाबारे बुझाइएकै रहेनछ”, सांसद पराजुलीले भने, “विधायिका को हो ? पालिका प्रमुख को हो ? मन्त्री को हो ? यी विषयमा चासो नराख्ने तर जसरी भए पनि आधारभूत आवश्यकता पूरा गर्दिनुपर्छ भन्ने सोच धेरैमा भएको पाएँ ।” त्यसो त सांसदले विधायिकाको भूमिकासँगै विकास निर्माणका काममा पनि सक्रिय हुनुपर्ने अवस्थाले आम नागरिकमा परेको छापलाई उनले स्वभाविकरूपमा लिनुभएको छ ।

विसं २०५४ मा प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेलगत्तै उच्च शिक्षाका लागि गृहजिल्ला खोटाङबाट काठमाडौँ आउनुभएका पराजुलीसँग तत्कालीन समयमा एउटामात्रै सङ्कल्प थियो, शिक्षक बन्ने र गाउँ फर्कने । तर काठमाडौँले पराजुलीलाई व्यवसायी बनायो । व्यवसायीबाट सांसद बन्नुभएका शिक्षकका रूपमा होइन, जनप्रतिनिधिका रूपमा गाउँ–गाउँ पुग्नुभएको छ ।

उनी रेसाजन्य कच्चा पदार्थबाट तयारी सामग्री उत्पादन गर्ने र विश्वबजारमा निर्यात पेसामा आबद्ध थिए। विसं २०७९ देखि रास्वपाको संस्थापक केन्द्रीय सदस्यका रूपमा सक्रिय राजनीतिक यात्रा सुरु गरेका पराजुली काठमाडौँ जिल्ला क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । उनलाई त्यसअघिसम्म कहिल्यै राजनीतिमा आफ्नो भूमिका आवश्यक महसुस भएको थिएन ।

“पहिले राजनीतिमा व्यवसायी जोडिनु हुँदैन भन्ने सोच थियो । जो–जसले जिम्मेवारी लिनुभएको छ उहाँहरूले नै गर्नुहुन्छ भन्ने विश्वास र अपेक्षा थियो”, रासससँगको कुराकानीका क्रममा उनले भने, “ राजनीतिभित्रको विकृति, भ्रष्टाचारपछि अब नेताहरूलाई गाली गर्नेभन्दा पनि राजनीतिभित्रै पसेर यसको शुद्धीकरण गर्नुपर्छ भन्ने महसुस भयो ।”

संसदीय अभ्यासबारे राससले राखेको जिज्ञासामा सांसद पराजुलीले आफूसँगै रास्वपाका अन्य सांसदका लागि संसदीय अभ्यास पहिलोपटक भएको जनाउँदै धेरै सिक्न बाँकी रहेको बताए । यद्यपि विधायिकाको भूमिका प्रभावकारी बनाउने हुटहुटीका बाबजुद कानुन निर्माणमा देखिएको सुस्तगतिले आफूहरू चिन्तित रहेको उनको भनाइ छ ।

“पछिल्लो आठ महिनामा हामीले धेरै अनुभव प्राप्त गर्यौँ तर त्यो पर्याप्त छैन, हामी अझै पनि सिक्ने, बुझ्ने र जान्ने प्रयासमै छौँ”, उनले भने, “पहिलो वर्षको दोस्रो अधिवेशन अन्त्य हुन लाग्दासम्म पनि विधेयकमा धेरै काम गर्न नसक्नु राम्रो अभ्यास होइन । यसले हामीलाई भित्रैदेखि पोलिरहेको छ ।”

उनले कानुन निर्माणमा भइरहेको ढिलाइमा सदनसँगै सरकार जिम्मेवार रहेको बताए । “सरकार र स्थापित राजनीतिक दल, जो बहुमत लिएर बसेका छन् उनीहरूले तदारुकता नदेखाएसम्म हाम्रो सुधारका चाहना र प्रयास सफल हुन नसक्ने रहेछ”, उनले भने ।

सांसद पराजुलीले सदनमा अनुभव महत्त्वपूर्ण भए पनि स्थापित राजनीतिक दलले जनताको मुद्दा प्राथमिकतामा नराखेको आरोपसमेत लगाए । उहाँले भन्नुभयो, “मुख्य राजनीतिक दलले आफ्नोे अस्तित्व बचाउने र आफ्ना पक्षका मान्छेलाई बचाउनेमै बढी ध्यान केन्द्रित गर्दा आम जनताका मुद्दा ओझेलमा परेका छन् ।”

संसदीय अभ्यासमा आफू र आफ्नो पार्टीलाई प्राप्त जनविश्वासले आफूहमा आत्मविश्वास बढेको उनको अनुभव छ । “देश र विदेशमा रहेका नागरिकले रास्वपाका सांसदको भूमिका सक्रिय रहेको बताउँछन् । सदनको प्रत्यक्ष प्रसारणबाट हामीलाई अवलोकन गरिरहनुभएकाले रास्वपाका सांसदको प्रस्तुतिले आशावादी भएको भन्छन् । उहाँहरूको प्रतिक्रियाले हाम्रो आत्मविश्वास बढाएको छ ।”

मुलुकको अवस्था सुधारका लागि राजनीतिमा प्रवेश गरेको बताउने सांसद पराजुलीले फरक राजनीतिक दल र फरक विचारधारा भए पनि सुशासन, विकास, गरिबी निवारण, भ्रष्टाचार र बेथिति निवारणका लागि सबै पक्ष एकजुट हुनसके परिवर्तन सम्भव छ भन्नेमा पूर्णरूपमा विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved