काठमाडौं । काभ्रेबाट २० जना नेकपा एमालेको बागमती प्रदेश सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । सोमबारदेखि काठमाडौंमा जारी प्रदेश अधिवेशनमा काभ्रेबाट २० जना निर्विरोध भएका पार्टी केन्द्रीय सदस्य नविना लामाले जानकारी दिइन् ।
निर्विरोध हुनेहरुमा क्षेत्र नम्बर१ बाट दिलिप तामाङ, जितबहादुर रानामगर, गीता बन्जारा, क्षेत्र नम्बर २ बाट हरिशरण दाहाल, कन्चन अधिकारी र राजनकुमारी बैदार रहेका छन् । भने, राकेश लामा र बिमला सन्जेल युवातर्फबाट सर्वसम्मत चुनिदा दलिततर्फबाट गिता सुनार निर्विरोध बनेकी छ्न् ।

यस्तै खुल्लातर्फ इन्द्र तामाङ, ठाकुर बास्कोटा, चुडामणि गौतम, कुमार तिमल्सिना, बिदुर प्रसाद सापकोटा, नोर्बु लामा, रमेश पौडेल, मन्जु गौतम, डा. अम्बुभवानी कार्की र अम्बिका हमाल निर्विरोध प्रदेश सदस्य मनोनयन भएको केन्द्रीय सदस्य लामाले बताइन् ।










