Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जसपा नेपालकाे १ नं प्रदेश समिति पुनर्गठन प्रकृयामा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 25, 2023

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकाे १ नं प्रदेश समिति पुनर्गठन प्रकृया समानुपातिक,समावेशीताकाे सिद्धान्त विपरित,स्वेच्छाचारी एवम्प अलाेकतान्त्रिक र पार्टीकाे विधान विपरित रहेकाे ठहर गर्दै शिल्पी/ दलित विशेष समिति तथा समाजवादी दलित मुक्ति संगठनले कडा विराेध जनाएकाे छ ।

गत फागुन १६ गते गठित प्रदेश कमिटीका सचिव शान्त बहादुर घताल(प्रदिप) सहित अधिकांश पदाधिकारी, सदस्य तथा जिम्मेवार ब्यक्तिहरुलाई समेत पाखा लगाउँदै,अपमानित गर्दै बिना सुचना गरिएकाे कथित पुनर्गठनप्रति हाम्राे असहमति रहेकाे छ र घाेर आपत्ति समेत रहेकाे आज जारी गरिएकाे विज्ञप्तीमा जनाईएकाे छ ।

पार्टीभित्र लामाे समयदेखि याेगदान गर्दै आईरहेका विभिन्न जनवर्गीय तथा शिल्पी/दलित विशेष प्रदेशकाे नेतृत्व गरिरहेका नेता/कार्यकर्ताहरुकाे मर्म र भावानामा आघात पुग्नेगरि एकपक्षीय ढंगले कुनै पनि नेतृत्वले काम गर्छ भने त्याे पार्टी जीवनकाे लागि घातक शिवाय: अरु केही हुँदैन । पार्टी सामूहिक क्षमता, छलफल र याेगदानमा बन्नेहाे । जसपाले आत्मासाथ गरेका संघीयता,धर्मनिरपेक्षता,समावेशीता लाेकतान्त्रिक मूल्य र मान्यतालाई स्वीकार गरि हाम्राे समूदाय जसपामा आवद्ध छन्, तर पार्टीको पछिल्लाे प्रवृत्ति, साेच र संस्कार हेर्दा अरुकाे अस्तित्व नस्विकार्ने, आन्तरिक लाेकतन्त्रकाे अभ्यासलाई नामेट पार्ने र संकिर्ण मानसिकताबाट चल्ने गरेकाेले पार्टीभित्र चरम निरासा बढ्दै गएकाे देखिन्छ । पुनर्गठित भनिएकाे समितिमा शिल्पी/दलित समुदायकाे प्रतिनिधित्व शून्यप्राय: छ भने शिल्पी/दलितबाट भएका पदाधिकारी र सदस्यहरुलाई नियतवश हटाउने काम भएकाे छ जुन खेद जनक भएकाेले त्यसकाे विराेध गर्नु परेकाे पनि साे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

पार्टीलाई अत्यन्तै साँघुराे घेरामा राखेर निश्चित जातिगत संरचना बाहिर जान नसकेकै कारण पार्टीप्रति जनतामा विकर्षण बढेकाे छ । ईमान्दार, निष्ठावान एवम् जिम्मेवार पार्टी नेताहरूलाई निस्कृय र पार्टी छाेड्न बाध्य पारिएकाे जस्ताे अबस्थाहरु अहिलेपनि झेल्नु परिरहेकाे छ । नेतृत्वले विशाल हृदय बनाउन सकेन भने सिदान्त, बिचार र दर्शन एकातिर व्यवहार अर्काेतिर हुने गर्दछ । जसकाे कारण पार्टी बन्ने भन्दा झनै जनताकाे नजरमा गिर्ने र पतनउन्मुख दिशामा जाने निश्चित छ।
पार्टीको बिधान अनुसार लोकतान्त्रिक पद्धतिमा रहेर पार्टीले अवलम्बन गरेको समानुपातिक समावेशीताको सिद्धान्त अनुसार पार्टीका सबै संरचनामा शिल्पी/दलित लगायतका सबै जातिसमुदायकाे प्रतिनिधित्व सुनिस्चित गर्न ध्यानाकर्षण गराउँदछाैँ । विगतमा पनि लिखित रुपमा पटक पटक ध्यानकर्षण पत्र बुझाईसकिएकाे छ र याे पटक पनि पार्टी सच्चिएन र प्रदेश १ काे पुनर्गठन प्रकृया सच्याईएन भने परिस्थितिले अर्कै माेड लिन सक्ने नरेश विश्वकर्मा,शान्त बहादुर घताल(प्रदिप),वालकुमार मुदेल र शशीकुमार विश्वकर्माद्वारा संयुक्त रुपमा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत चेतावनी पनि दिईएकाे छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved