खोटाङ । खाेटाङकाे ऐसेलुखर्क उद्योग वाणिज्य संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा चेत नारायण राजभण्डारी सर्वसम्मत निर्वाचित भएका छन् ।
आज भएको अधिवेशनबाट प्रथम उपाध्यक्षमा रमेश कुमार राजभण्डारी,द्वितीय उपाध्यक्षमा मिनेस राजभण्डारी, महासचिवमा ज्योति श्रेष्ठ(राजभण्डारी), सचिवमा कृष्ण राजभण्डारी र कोषाध्यक्षमा सकुन राजभण्डारी सर्वसम्मत निर्वाचित भएका हुन् ।

भने,सदस्यहरुमा हरेराम राजभण्डारी, हेम बहादुर राई,पुष्पराज श्रेष्ठ, नारायण श्रेष्ठ,राम कुमार तामाङ, रमेश दाहाल, द्वारिका श्रेष्ठ (राजभण्डारी ),जै कुमारी तामाङ र पदेन सदस्य पवनकाजी सैंजु सर्वसम्मत निर्वाचित भएको ऐसेलुखर्क उद्योग वाणिज्य संघले जनाएको छ
।
ऐसेलुखर्क उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवनकाजी सैंजुको अध्यक्षतामा र ऐसेलुखर्क गाउँपालिकाका उपाध्यक्ष राजेश कुमार राजभणडारी प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा ऐसेलुखर्क उद्योग वाणिज्य संघका पूर्व अध्यक्षद्वय धुब्र राजभण्डारी,लाल कुमार राजभण्डारी साथै वडा नम्मर ३ का अध्यक्ष टेकेन्द्र राजभण्डारी लगाएतको उपस्थिति रहेको थियो भने,
अधिवेशनबाट निर्वाचित पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई निर्वाचन अधिकृत प्रमोद कुमार राजभण्डारी गोपनीयताको सफत ग्रहण गराएका थिए ।
काे हुन् नव निर्वाचिन अध्यक्ष चेत नारायण राजभण्डारी !

२०४१ सालमा खाेटाङकाे ऐसेलुखर्कमा जन्मिएका राजभण्डारी चम्पावती मा बि बुईपा बाट माध्यमिक शिक्षा पार गरेका हुन् । देशमा बेराेजगारकाे समस्या झाँगिदै गएकाे परिस्थितिमा उनी बैदेशिक राेजगारिकाे सिलसिलामा केही बर्ष मलेसियामा रहेर नेपाल फर्किएका हुन्। भने, बिगद १२बर्ष देखि ऐसेलुखर्कमै पुस्तक तथा स्टेसनरी सम्वन्धि व्यवसाय सँगै विभिन्न सामाजिक संघ संस्थाहरुमा रहि सकृय भुमिकामा छन्।










