खाेटाङ। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) खाेटाङले असाेज ६ गत्ते सनिबार जिल्ला सदरमुकाममा भेटघाट कार्यक्रम गर्ने भएकाे छ।
रास्वपा केन्द्रीय सदस तथा काठमाडौं क्षेत्र नम्मर ७ का सांसद गणेश पराजुलिकाे उपस्थितिमा हुने उक्त कार्यक्रम दिक्तेल भवन गहिरा स्थित जिल्ला समन्वय समितिकाे समिक्षाहलमा हुने रास्वपा खाेटाङले जनाएकाे छ भने छिट्टै नै सम्भवत असोज भित्रै पार्टी सभापति रबि लामिछाने पनि खोटाङ आउने कार्यक्रम रहेको बुझिएको छ ।

कार्यक्रममा सांसद पराजुलि सहित रास्वपा खाेटाङ काठमाडौं सम्पर्क बिभागका संयाेजक, रास्वपा खाेटाङका लागि संगठन विभाग प्रमुख लगाएत राजधानिमा रहेर रास्वपा खाेटाङमा जाेडिएका घण्टीप्रेमिहरु राजधानिबाट जिल्लातर्फ लागिसकेकाे छ भने कार्यक्रम सुरुहुनु अघि शान्तिपूर्ण जुलुस समेत निकालिने रास्वपा खाेटाङले जनकारि गराएकाे छ।

देशमा बिधन राजनितिक अस्थिरताकाे याे परिस्थितिमा देशले युबा नेतृत्व खाेजिरहेकाे अवस्थामा खाेटाङमा पनि पुराना दल र तिनका नेताहरुबाट आजित बनेका जिल्लाबासि जनतामाझ रास्वपाले केही नयाँपन दिन सक्ने संभावना भएकाेले पनि ६ गत्ते हुने कार्यक्रममा घण्टीप्रती नागरिकहरुकाे बढ्दाे आकर्षण देखिएकाे बुझिएको छ।
जिल्लामा एमालेकाे संगठन बलियाे भएपनि प्राय: युवा सदस्यहरु रास्वपामा आकर्षित हुने संभाना देखिएकाे छ।










