काठमाडौँ । मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ ।

आईपीओमा न्यूनतम १० देखि १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा असोज १ गते हुनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरे ढिलोमा असोज ११ गतेसम्म आवेदन खुला रहने बताइएको छ ।










