काठमाडौं । सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । बाराका शिव कुमार सफरलाई सुन प्रकरणमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६१ किलो सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।











