माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक अक्कल रावलले पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार बोहोरालाई कारवाहीका लागि पत्र दर्ता गराएको जानकारी दिए । उनले चैत ३१ को केन्द्रीय कमिटी बैठकबाटै बोहोरामाथि कारवाहीको निर्णय भएको बताए ।
बोहोरा अछाम निर्वाचन क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीले चैत २५ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

बोहोराले जवाफ नदिएपछि उनलाई राजनीतिक दल सम्बन्धी ऐन अनुसार कारवाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो ।










