डिकेन्द्र बस्नेत,झापा।
राष्ट्रिय स्वतन्त्र पार्टी झापा क्षेत्र नं. ५ को सभापतिमा देवी प्रसाद पाठक अत्यधिक भोट सहित निर्वाचित भएका छन ।

झापाको विर्तामोडमा शुक्रबार झापा जिल्ला व्यापी बसेको बैठकबाट क्षेत्रिय समितिले पूर्णता पाएको हो ।
समितिको उपसभापतिमा भेषराज भटट्राई र सचिवमा छत्रदेवी पौडेल निर्वाचित भएका छन ।
यस्तै सदस्यमा भरतबाबु कार्की र निर्मला शर्मा चयन भएका छन् ।










