Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमाले मधेस प्रदेश समितिको असोज ५ र ६ गते हुने अधिवेशनको तयारी तीब्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 29, 2023

काठमाडौँ । नेकपा एमाले मधेस प्रदेश समितिको असोज ५ र ६ गते हुने अधिवेशनको तयारी तीब्र पारिएको छ । एमालेले मधेस प्रदेश अन्तर्गत रहेका विभिन्न कमिटीहरुको अधिवेशन धमाधम सम्पन्न गरिरहेको छ । साथै, मधेस प्रदेश कमिटीको अधिवेशनका प्रतिनिधि चयनको कामलाई पनि अगाडि बढाएको छ ।

एमाले मधेस प्रदेशका अध्यक्ष रामअवतार यादवका अनुसार प्रदेशको अधिवेशनका लागि भदौ २६ गते प्रतिनिधि छनौट गर्न लागिएको छ । प्रतिनिधि छनौट पालिका तहबाट हुने जनाइएको छ तर दलित र मुस्लिम समुदायका लागि जिल्लालाई एकाई मानिएको अध्यक्ष यादवले बताए ।

दलित र मुस्लिमका लागि ५–५ जना प्रतिनिधि छान्नु पर्ने मधेस प्रदेश कमिटीले जारी गरेको निर्देशनमा उल्लेख छ । पाँच जनामध्ये एक जना महिला, एक जना युवा अनिवार्य हुनुपर्ने भनिएको छ । युवाको उमेर ४० वर्ष भन्दा मुनिको हुनुपर्ने निर्देशनमा उल्लेख छ ।

अध्यक्ष यादवले भने, ‘पालिकास्तरबाट छनौट हुने प्रतिनिधिमा खुल्ला, महिला, (४० वर्ष मुनिका) युवा र अन्य क्षेत्रको समावेशीतालाई हामीले विशेष ध्यान दिएका छौँ । युवाका लागि नागरिकताको प्रतिलिपी अनिवार्य गरेका छौँ ।’

त्यस्तै, विभिन्न पार्टीबाट एमाले पार्टीमा प्रवेश गरेकालाई प्राथमिकतामा राख्ने पनि उनले बताए । सबै जिल्लाले जिल्ला कमिटी वा सचिवालयको बैठकबाट भाद्र १५ गतेभित्र प्रतिनिधि छनौटको लागि प्रत्येक पालिका र दलित, मुस्लिम समुदाय क्षेत्रका लागि बुद्धिजीवी र पेशाकर्मीबाट प्रमुख अधिकृत र २ जना अधिकृत रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्देशनमा उल्लेख छ ।

निर्वाचन समितिलाई फरक पालिकामा खटाउनसमेत निर्देशन दिइएको छ । भदौ १८ गते पालिका, दलित र मुस्लिम समुदायका लागि गठन भएका निर्वाचन समितिको बैठकबाट निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ ।

त्यस्तै भदौ २० गतेदेखि २२ गतेसम्ममा प्रत्येक पालिका कमिटीले प्रतिनिधि छनौट सम्बन्धी कार्यक्रम र कार्यतालिका हरेक सदस्यलाई आधिकारिक रूपले जानकारी गराउनुपर्ने छ ।
प्रतिनिधि मनोनयनका लागि पाँच सय रुपैयाँ दस्तुर तोकिएको छ । प्रतिनिधि चयन गर्दा कुनै विवाद आएमा जिल्ला इन्चार्जको नेतृत्वमा पालिका, इन्चार्ज र जिल्ला कमिटी अध्यक्षको अनुगमन समितिले समाधान गर्ने निदेशन पत्रमा उल्लेख छ ।

अनुगमन तथा निर्देशनका लागि एमालेका नेता लिलानाथ श्रेष्ठको संयोजकत्वमा जुली कुमारी महतो, अच्यूत मैनाली र रामअवतार यादव रहेको विशेष समिति गठन गरिएको छ । प्रतिनिधि निर्वाचनको परिणाम घोषणा पश्चात प्रदेश कमिटीले तयार गरेको प्रतिनिधि विवरण फारम भर्नुपर्ने हुन्छ, जसमा प्रमुख निर्वाचन अधिकृत र पालिका कमिटी अध्यक्षको हस्ताक्षरसहित जिल्ला अध्यक्षले प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।

दलित र मुस्लिमको हकमा जिल्ला निर्वाचन प्रमुख र पार्टी जिल्ला अध्यक्षको हस्ताक्षर हुनुपर्ने बताइएको छ । हरेक प्रतिनिधिले फर्म बुझाउँदा दुई हजार रुपैयाँ मधेस प्रदेश कमिटीलाई बुझाउनुपर्ने हुन्छ ।

त्यस्तै प्रदेश जनसंगठन र विभागको प्रतिनिधि छनौटका लागि पार्टी प्रदेश कमिटीको निर्वाचन विभागले २५ गते भित्रमा एक एक जना निर्वाचन अधिकृत तोक्ने भनिएको छ ।

हरेक जनसंगठनको आफ्नो विधान अनुसार प्रदेश अधिवेशन भएका जनसंगठनमध्ये महासंघबाट ३ जना र अन्यबाट २ जना प्रतिनिधि हुनेछ । जसमा १ जना महिला अनिवार्य हुनेछ । विधान अनुसार गठन भएका विभागबाट १ जना प्रतिनिधि छानिने छ । दलित मुस्लिम क्षेत्रबाट प्रतिनिधि चुनिने वा मतदान गर्न चाहने सदस्यले भाद्र २३ गते भित्रमा सम्बन्धित कमिटीमा लिखित जानकारी दिनु पर्ने बताइएको छ ।

कुनै पनि केन्द्रीय सदस्य तथा केन्द्रीय नेताहरुले चुन्ने या चुनिने प्रक्रियामा भाग लिनु पर्दा पहिलो आफू रहेको कमिटीबाट राजीनामा स्वीकृत अनिवार्य गरेको छ । प्रतिनिधि चयनका लागि पार्टी केन्द्रीय संगठन विभागले प्रमाणीकरण गरेको आधिकारिक पार्टी सदस्यको नामावलीमा नाम भएका पार्टी सदस्यलाई मात्र उम्मेदवार र मतदान गर्ने अधिकार दिइएको छ ।

थपिएका वा थपिने नयाँ सदस्यको हकमा केन्द्रबाट नम्बरिङ भएर आएको नामावलीका सदस्यलाई भाद्र २१ गते शपथ ग्रहण गराइने अध्यक्ष यादवले जानकारी दिए । शपथ ग्रहणमा उपस्थित भएको आधिकारिक पुष्टि भएका सदस्यलाई चुन्ने र चुनिने अधिकार प्राप्त हुने उहाँले बताए ।

कुनै पनि सदस्यले एक निर्वाचन क्षेत्रमा मात्र चुन्ने र चुनिने अधिकार रहने छ ।  यदि कसैले जानीजानी गल्ती गरेमा त्यस्तोलाई कारबाही गरिने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved