काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक १३ गते सिराहामा बस्ने भएको छ ।
धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको ९ गतेको बैठक निरन्तरको वर्षाका भदौ १३ गतेलाई सारिएको नेकपा एमालेले जनाएको छ ।
एमालेले निरन्तर वर्षाका कारण नौ गतेको बैठक १३ लाई सार्नुपरेको जनाएको छ । तत्कालीन माले (हालको एमाले) ले २०४६ सालमा सिराहाको एक काठघरमा चौथो महाधिवेशन गरेको थियो । सोही महाधिवेशनले मदन भण्डारीलाई महासचिव निर्वाचित गरेको थियो ।











