काठमाडौं । आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सर्वदलीय बैठक बस्दैछ।
बैठकमा सुन तस्करी प्रकरणबारे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनउनका लागि कार्यविधि बनाउने जिम्मा दिएका तीन दलका नेताहरुले तयार पारेको कार्यविधिमाथि छलफल हुनेछ।

साथै संसदको अवारेध हटाउने बारेमा पनि छलफल हुनेछ। साथै आज २ बजे बस्ने शीर्ष तीन दलका नेताहरुको बैठकले सो कार्यविधि उच्चस्तरीय छानबिन समिति बनेको खण्डमा अन्तिम रुप दिने बताइएको छ। कार्यविधि तीन शीर्ष नेताबाट पारित भए आजको संसद अवरोध हट्ने छ।










