Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

केशब स्थापितले त्यागे एमालेकाे केन्द्रीय सदस्य, भन्छन् अब केही नयाँ गर्दैछु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 15, 2023

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापित पार्टी कमिटीबाट अलग भएका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित भएपछि उनी प्राय: निष्क्रिय थिए ।

हालै उनले पार्टी कमिटीबाट अलग हुन चाहेको जानकारी नेताहरुलाई गराएका थिए । सोही आधारमा एमालेको सचिवालय बैठकले स्थापितलाई केन्द्रीय सदस्यबाट बिदा गरेको स्रोतले बतायो । एमालेले स्थापितसँगै सिरहाका प्रमोद यादवलाई पनि केन्द्रीय सदस्यबाट बिदा गरेको छ ।

केही नयाँ प्रयोग गर्दैछु : केशव स्थापित

तर यसबारे स्थापित भने औपचारिक रुपमा बोल्न चाहेनन् । उनले अनलाइनखबरसँग भने, ‘अहिले यसबारे केही नबोलौं । केही दिनपछि बोलौंला ।’ आफूले ‘केही नयाँ’ गर्न खोजेको भन्दै उनले भने, ‘यो पाँच-सात वर्षदेखि मैले केही नयाँ कुरा गर्दैछु, केही नयाँ प्रयोगहरु गर्दैछु ।’

राजनीतिमै रहेर कि नरहेर भन्ने जिज्ञासामा उनले भने, ‘त्यो पनि ठूलो राजनीति हो नि ।’

राजनीतिक उतारचढाव

ओलीपछि स्थापित नै युवा संघको दोस्रो अध्यक्ष बनेका थिए। काठमाडौंका रैथाने केशव स्थापित २०४३ सालको काठमाडौं नगरपञ्चायतको चुनावमा तत्कालीन नेकपा (माले)बाट उपप्रधानपञ्चको उम्मेदवार बनेका थिए ।

२०४७ सालमा नेकपा एमालेको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष केपी शर्मा ओली बन्दा केशव स्थापित महासचिव थिए ।

स्थापितले २०५१ सालमा पहिलो पटक राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव पदमा राजनीतिक नियुक्त लिएर एक वर्ष काम गरे ।

२०५४ सालमा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भए । ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने नारा उनैको पालामा ल्याइएको थियो । उनी मेयर भएकै बेला पशुपति, माइतीघर, तीनकुने लगायतका ठाउँमा निर्माण भएका अव्यवस्थित घर-टहराहरू भत्काइएको थियो ।

त्यतिबेला काठमाडौंको लोकप्रिय मेयरमा दरिएका स्थापित २०६१ माघमा भने तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि काठमाडौंको मेयरमा मनोनीत भएर ‘टिके मेयर’को रूपमा आलोचित बने ।

राजाको शासनकाल समाप्तीपछि उनी माओवादी बने र काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तमा नियुक्त भए । तर तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘डेट एक्सपायर्ड’ भन्दै ९ महिनामै पदबाट हटाए । त्यसपछि नेपालको सबभन्दा पुरानो राजनीतिक संगठन प्रजापरिषद्को अध्यक्ष बनेर राजनीतिमा सक्रिय हुन खोजे पनि उनी असफल भए ।

संविधानसभाको दोस्रो निर्वाचनको बेला संघीय समाजवादी पार्टीमा लागेका उनी काठमाडौं क्षेत्र नं. ६ बाट उम्मेदवार बनेर नराम्ररी पराजित भए ।

अन्ततः उनी एमालेमै फर्किएर नेकपा एमालेबाट बागमती प्रदेश सभा सदस्य बने । एमालेले दोस्रोपटक काठमाडौंको मेयरको टिकट दिएपछि उनले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर चुनाव लडे । तर स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) मेयरमा निर्वाचित हुँदा उनी तेस्रो स्थानमा रहे ।

त्यसअघि बागमती प्रदेश (तत्कालीन ३ नम्बर प्रदेश)को भौतिक पूर्वाधार मन्त्रीसमेत बनेका उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved