काठमाडौं । नेपाल टेलिकमले १० लाख रुपैयाँ बराबरका रिचार्ज कार्ड हराएको जनाएको छ । टेलिकमले आज एक सूचना जारी गर्दै ५० रुपैयाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो ।
५० रुपैयाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो । ती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक वा ग्राहकलाई अनुरोध गरेको छ ।

साथै ती रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि निर्देशनालयले अनुरोध गरेको छ ।











