काठमाडौं ।आमूल परिवर्तन मसिह पार्टी नेपालले आफ्नो पार्टी स्थापनाको सातौं बर्ष गाँठ चाबहिल स्थित ए वान पार्टी प्यालेसमा एक समारोहबीच भव्यताका साथ सम्पन्न गरेको छ।
केन्द्रिय अध्यक्ष भरत गिरीको प्रमुख आतिथ्य साथै सभापतित्वमा सम्पन्न वार्षिक उत्सवमा पार्टीका केन्द्रिय सचिव डिके लिम्बूले संचालन गर्नु भएको थियो। महा

बयोबृद्ध ८० वर्षिय बुवा निल बहादुर गिरीको हातबाट पानसमा बत्ति बालेर कार्यक्रमको औपचारिक उद्घघाटन गरिएको थियो।
स्वागत मन्तव्य पार्टीका केन्द्रिय उपाध्यक्ष सुशीला बेगा लिम्बुले गर्नु भएको थियो भने मन्तव्य केन्द्रिय उपाध्यक्ष डा. डिल्ली प्रसाद चौलागाईंले राख्नु भएको थियो।
अध्यक्ष गिरिले अध्यन र प्रमाणित गर्नुभएको प्रतिवेदन केन्द्रिय महासचिब डा. बि आर लामाले पार्टीको प्रतिवेदन पढेर सुनाउनु भएको थियो। अन्त्यमा केन्द्रिय अध्यक्ष डा. भरत गिरीले पार्टीले विगत सात बर्ष देखि ख्रीस्टियन समुदाय, लगाएत अल्पसंख्यक र सिङ्गो राष्ट्रिय मुद्दामा के गर्यौ चुनौती के थियो, एजेन्डा के छन्, भावी रणनीति के भन्ने कुरा सटिक रुपमा प्रस्तुत गर्नु भएको थियो।
मसिह पार्टी अघि बड्न नदिने तत्व बाहिय र भित्रीयको पहिचान भइ सकेकोले सम्भवत भए सम्म संघ सस्थाहरु सँग सहमति सहकार्य गर्ने त्यो सम्भव नभए हदैसम्म संघर्ष गरेर सुदृढीकरण अभियान चलाएर भए पनि ८४ को सफलताको लागि काम गर्ने प्रतिबद्धता सहित सभा बिसर्जन भएको छ।










