काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागीर खाने एक कर्मचारीविरूद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
रुपन्देहीको कोटरीमाई गाउँपालिका वडा नं. १ मा कार्यरत गौंस मोहम्मद तेलीविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको हो ।

उनले सामाजिक परिचालक पदमा नियुक्त हुँदा शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरेको अख्तियारको आरोप छ ।
तेलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय माग दाबी लिई मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।










