काठमाडौं । झण्डै डेढ क्विन्टल सुन तस्करी प्रकरणमा ठमेलको एक होटेलमा सिलबन्दी गरिएको छ । राजस्व अनुसन्धान विभागको एक टोलीले शनिबार राति सिलबन्दी गरेको बताएको छ ।
सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा अनुसन्धानका लागि सिलबन्दी गरिएको स्रोतले जनाएको छ । गत साउन ३ गतेबाट हङकङबाट मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको छ ।

उक्त सुन नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखामा राखिएको छ । file photo










