काठमाडौं । हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सार पार गरेर सिनामंगल सडकसम्म पुर्याइएकाे करिब एक क्विन्टल सुन बरामद भएको सम्बन्धमा सरकारले अनुसन्धान गरिरहेको छ । राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको हो थियो भने अनुसन्धानमा नेपाल प्रहरी समेत संलग्न भएको छ ।

सुन तस्करीको अनुसन्धान जारी रहेका बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष ओलीले सार्वजनिक रुपमै प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको बैठकमा यस प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि नैतिक प्रश्न गर्दै एमालेले सरकारको ध्यानाकर्षण गरिसकेको छ । यस सम्बन्धमा उच्च स्तरीय छानबिन समिति बनाउनुपर्ने अन्यता संसद अवरोध गर्ने एमालेको चेतावनी छ । यही बेला एमाले अध्यक्ष ओलीले तस्करीको अनुसन्धानमाथि सार्वजनिक रुपमै प्रश्न उठाएका हुन् ।
शनिवार बाँकेको नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण भेलाको सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको जानकारीबिना एयरपोर्टमा एक क्विन्टल सुन भित्रन सम्भव नभएको बताए । एउटा सुइसमेत छिर्न नसक्ने एयरपोर्टमा कसरी एक क्विन्टल सुन भित्रिन सम्भव नरहेको उल्लेख गर्दै उनले अनुसन्धानमाथि नै प्रश्न गरे । सुन तस्करीमा आफूहरूलाई बचाउने अरुलाई फसाउने काम गरिरहेको अध्यक्ष ओलीको आरोप छ ।
बेथिती, भ्रष्टाचार बढेकोले देशमा एमालेको विकल्प नभएको पनि उनले बताए । ‘गठबन्धनका नाममा सबैले मिलीजुली देशलाई लुट्ने काम भइरहेको छ । अब एमालेको विकल्प छैन’ अध्यक्ष ओलीले भने ।
अर्थात, सरकारका कामकारबाहीमाथि प्रश्न उठाउँदै कार्यकर्तामाथि आशा र भरोसा जगाउँदै अध्यक्ष ओली बिभिन्न कार्यक्रममा सरिक भइरहेका छन् । २८ असार २०७८ मा सर्वोच्च अदालतबाट परामदेश भइएसँगै सत्ताबाट क्रमश बाहिरिएको नेकपा एमाले ४ मंसिर २०७९ को चुनावपछि संघदेखि प्रदेशसम्मै सत्तामा फेर्किएको थियो । तर १० पुस २०७९ मा प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी बनेको सत्ता गठबन्धन २५ माघ २०७९ मा राष्ट्रपतिको चुनाव हुँदै गर्दा टुट्यो र कांग्रेस, माओवादी केन्द्र सहितको गठबन्धन बन्यो र एमाले फेरि संघ देखि सातै प्रदेशमा सत्ताबाट बाहिरियो ।
१० पुस २०७९ को गठबन्धनबाट पाएको प्रतिनिधि सभाको सभामुख मात्रै एमालेसँग बाँकी छ । सबैतिर सत्ताबाट बाहिरिएपछि एमालेले कार्यकर्तालाई जगाउन मिसन ग्रासरुट अभियान चलायो । मिसन ग्रासरुट अभियानसँगै जारी रहेको पार्टी सदस्यता नविकरणको संख्या निराशाजन रहेको तथ्याङ्क सार्वजनिक भइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली बिभिन्न कार्यक्रममा सरिक भएर कार्यकर्तालाई एमालेको सत्ता यात्रा देखाइरहेका छन् । यसका लागि उनले सरकारले गरेका कतिपय कामको विरुद्धमा अभिव्यक्ति दिएर सरकारको नियत्तमाथि प्रश्न उठाइरहेका छन् । यही मेसोमा अध्यक्ष ओलीले सुन तक्करमाथिको अनुसन्धानमै प्रश्न उठाएका हुन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि सुन प्रकरण माथि उठेका प्रश्नको जवाफ आउनुपर्ने बताउँछन् । ‘एअरपोर्टको प्रशासन, सुरक्षा निकाय र भंसार प्रशासन कहाँ कस्को संलग्नता छ र क कस्को संरक्षण छ ?’ यसको जवाफ सरकारले दिनुपर्ने उनको माग छ ।
नेपालमा चल्ने अधिकांस मोटरसाइकल र स्कुटर भारतीय हुदाँ हुदैँ चिनियाँ मोटरसाइकलमा प्रयोग हुने समान निरन्तर ल्याउँदै गर्दा पनि किन शंकाको घेरामा राखेर अनुसन्धान नगरिएको भन्दै उनले फेसबुकमार्फत प्रश्न पनि गरेका हुन् ।










