काठमाडौं । नि:शूल्क कम्पनी दर्ता र नवीकरण गर्ने व्यवस्थाबारे सरकारको घोषणा गफमै सीमित भएको छ । गत जेठ १५ गते सरकारले ल्याएको बजेटमा यही साउन महिनादेखि लागू हुने भनी उक्त घोषणा गरिएको थियो । यद्यपि सरकारले राजपत्र सच्याउन नसक्दा उक्त सरकारी घोषणा कार्यान्वयन प्रभावित भएको हो ।
कम्पनी रजिष्ट्रार कार्यालयले एक सार्वजनिक सूचनामार्फत साउन १ देखि नै उक्त कार्यक्रम कार्यान्वयन हुन नसकेको जनाएको हो ।राजपत्र संशोधन हुन समय लागेका कारण हाल पुरानै व्यवस्थामा शुल्कसहित कम्पनी दर्ता हुने कार्यालयले जनाएको छ । उक्त व्यवस्था लागू हुन अझै एक हप्ता देखि १० दिनसम्म कुर्नु पर्ने कार्यालयले जनाएको छ










