बुटवल । लुम्बिनी प्रदेश सरकारका पूर्वकृषि मन्त्री एवं एमाले नेता विजय यादव पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा पूर्वकृषिमन्त्री यादव बाँकेबाट पक्राउ परेका हुन् ।
आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले यादवलाई डुडुवा गाउँपालिका १ होलियाबाट पक्राउ गरेको हो।
रुपन्देही जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा यादवको नाममा पक्राउ पुर्जी जारी भएअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।











