काठमाडौँ। स्थानीय तहका जनप्रतिनिधिले आज मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार घेराउ गर्ने भएका छन् ।
सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।

स्थानीय जनप्रतिनिधिले अनुदान कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।
सरकारले स्थानीय तहलाई यसअघि निरन्तर दिँदै आएको ५० प्रतिशत अनुदान यस वर्षदेखि कटौती गरेपछि त्यसविरुद्ध जनप्रतिनिधिहरूले सिंहदरबार घेर्न लागेको श्राेतले बताए ।










