काठमाडौ । सहकारीबाट लिएको ऋण नतिरेपछि ऋणको जमानी बसेकी पूर्वसभामुख ओनसरी घर्तीलाई १५ दिन भित्र साँवा व्याज तिर्नको लागि सूचना प्रकासित गरेको छ ।
पुल्चोकस्थित लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले माओवादी केन्द्रकी नेतृसमेत रहेकी घर्तीलाई १५ दिन भित्र ऋण भुक्तानी गर्न अनुरोध गर्दै तीनपुस्ते समेत सार्वजनिक गरेको छ ।

घर्तीले आफू जमानी बसेर रुकुम घर भएर हाल काठमाडौंको बानेश्वर बस्दै आएका ३४ वर्षीय केशव रावलको नाममा ऋण लिएकी थिइन् । तर, सहकारीबाट लिइएको उक्त ऋणको साँवा, किस्ता र ब्याज लामो समसम्म नआएपछि तीन पुस्ते विवरणसहित ‘अल्टिमेटम’ दिनुपरेको सहकारीले जनाएको छ ।










