Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमाले युवानेता ओझाले दिए सबै पदबाट राजिनामा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 19, 2023

खाेटाङ। पुरानाे पार्टिमा त्याे पनि बृद्ध नेताहरुबाट देस परिवर्तन नहुँने र यस्ता पार्टीको सदस्य रहेर बस्न देसकाे एक परिवर्नकारि युवा नहुँने भन्दै नेकपा एमाले केन्द्रीय बिज्ञान तथा प्रबिधि विभागका केन्द्रीय सदस्य रविन्द्र ओझाले पदबाट राजिनामा दिएका छन्।

नेताहरुले पदलाेपमा परेर भ्रस्टाचार गर्दै पार्टि,संगठन साथै देसकै बदनाम गरेकाेले यस्ताे पार्टिकाे कुनै पनि संघ, संगठन र जिम्मेवारिमा नरहने भनी दिइएकाे राजिनामा पत्रमा एमाले पार्टिकाे आर्थिक जुटाउने संगठनकाे रुपमा सकृय नेपाल उध्याेग तथा व्यवसायी संघकाे केन्द्रिय सदस्य सहित खाेटाङ जिल्ला इन्चार्ज बाट समेत ओझाले राजिनामा दिएका हुन् ।

नेकपा एमाले नेता तथा निवर्तमान खाेटाङका सांसद विशाल भट्टराई सँग निकै निकटतम मानिएकाे ओझाले यी दुई बिभागबाट मात्र राजिनामा दिएका छैनन् कि उनले नेकपा एमालेकाे साधारण सदस्य समेत नरहनेगरि राजिनामा दिएका छन् । आगामि राजनिति कताबाट सुरु गर्ने वा नगर्ने बारे उनी खुलस्त देखिएका छैनन्।

आफनाे फेसबुकमा उनी लेख्छन्:

पार्टी परित्याग सम्बन्धि मेरो विज्ञप्ति
==================================
विगत देखि म नेकपा एमाले पार्टीको केन्द्रीय बिज्ञान तथा प्रबिधि बिभाग सदस्य देखि उद्योग तथा व्याबसायी माहासंघजस्तो जन संगठनको केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज जस्ता विभिन्न महत्त्वपूर्ण तह र तप्कामा रहेर कार्य गर्दै आएको सबैमा सर्बविदितै छ । यस विषयलाई मैले पुनः सम्झाइ राख्न खासै आवश्यक थिएन वा छैन भन्ने लाग्छ ।

राजनीति मुलत समाजसेवाको एक अविचलित यात्रा हो । यसको गर्भमा नै समाजसेवाको भाव लुकेको हुन्छ भन्ने कुरा प्रत्येक चेतनशिल मानिसले बुझ्नुपर्ने विषय हो । म सामान्य राजनीतिक कार्यकर्ताको रुपमा रहदाँ यस कुरामा अडिग रहेको अवगत गराउन चाहान्छु । जुन कुरा मेरो व्यवहारीक जीवनले पुष्टि गर्दछ ।

तर जब पार्टीबाट देशको सत्ताको केन्द्रमा पुगेर देश परिवर्तनको सिङ्गो तालाचावि लिएका व्यक्तिहरु सत्ता र शक्तिको दुरुपयोग गरी राजनीतिलाई सबै भन्दा उन्नत व्यवसायमा रुपान्तरण गर्दछन भने त्यस पार्टीको कुनै पनि तहमा रहेका नेता तथा कार्यकर्ता प्रश्न गर्ने तहमा हुन्छन । यसले सिङ्गो पार्टी र आन्दोलनलाई सहि दिशा प्रदान गर्दछ । जब प्रश्नहरुको कत्लेआम गरिन्छ र मनोमानी रुपमा केहि व्यक्तिको सिन्डीकेटमा पार्टी सञ्चालन हुन्छ त्यसको गन्तव्य देशको बर्बादी, समयको अपहरण, स्वार्थ केन्द्रित व्यक्तिहरुको भजन मण्डलीमा सिङ्गो पार्टी नै रुपान्तरण हुने गर्दछ । आजको नेपालको तीतो यथार्थता यहि हो । यस्ता यावत परिवेशको जानकार चेतनशिल प्राणी मानिस यो दलदलमा बस्नु भनेको आफ्नै चेतनाको अपमान, आत्मसम्मानको हत्या, आफुले पाएको अमुल्य समयको बर्बादी हो ।
यस्ता तमाम असफलता र अराजकताको गर्तमा फसेको सिङ्गो राजनीतिक प्रणालीलाई सहि मार्गमा हिडाउने अभिभारा समयले हाम्रो पुस्ताको काँधमा थोपरेको छ । यो अभिभारा पुरा गर्न आजका मितीबाट देश निर्माणको एक नयाँ अभियानको फराकिलो राजमार्गमा प्रवेश गर्न समयको पदचापलाई सुझबुझपुर्ण ढङ्गले नियाल्दै म यो निर्णय गर्दैछु । मिति २०८० साल जेष्ठ २१ गते देखि पार्टीमा साधारण सदस्य समेत नरहेको सबैमा जानकारी गराउदछु।

नेकपा एमाले पार्टीमा रहदा मेरो राजनैतिक यात्रामा साथ दिनु हुने पार्टीका शुभेच्छुक, कार्यकर्ता देखि नेता गण सबैलाई हृदय देखिनै धन्यवाद दिन चाहान्छु। र ब्यक्तिगत बिरोध र टिका टिप्पणीले देश बन्दैन साच्चिकै हामीले समाज र देशको भलो चाहेको हो भने हाम्रा साझा समस्याको विरुद्ध सबै एकजुट भएर अगाडि बढ्नुनै आजको आबश्यक्ता हो भन्ने स्मरण गराउन चाहान्छु।

मेरो बारेमा स्वार्थी, पदको बार्गेनिङ गर्ने भन्ने जुन किसिमको भ्रम फिजाएर चरित्र हत्या गर्ने काम गरिदैछ यी सरासर निराधार र कपोलकल्पित कुरा हुन् कहिँ कसै सङ यस्ता प्रमाण भए पेश गर्न आग्रह गर्दछु।

रबिन्द्र ओझा
खोटेहाङ गाउँपालिका वडा न.-४ बडकादियाले, खोटाङ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved