विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम ‘कोशी’प्रति असहमति जनाउँदै आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आग्रह गरेका छन् ।
हिजाे १६ औं गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री कार्यालय आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिचान पक्षधरलाई सम्वादका लागि आग्रह गरेका हुन् ।

‘संविधान र कानूनले प्रत्यभूत गरेका अधिकारसहित गरिएको नामकरणको बारेमा केही विमतिहरु भए आगमी निर्वाचनमार्फत कानून र संबैधानिक प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दछु । ‘तपाईंहरुलाई आफ्ना हिंसात्मक गतिविधिहरु छाडेर सरकारसँग सम्बाद र छलफल गर्न आह्वान गर्दछु । हामी सम्बाद र छलफलबाट नै निष्कर्षमा पुग्न सक्छौं’, उनले भने ।
हिजाे आइतबार प्रदेशसभा बैठकमा अधिकांश सांसदहरुले आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा बोलाउन सरकार समक्ष जोडदार माग गरेका थिए ।










