Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कम्युनिष्टहरु किर्ना हुन : कोइराला

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 25, 2023
इटहरी । नेपाली काँग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाले कम्युनिस्ट सँग गठबन्धन गरेर काँग्रेसले गल्ती गरेको बताएका छन् । कम्युनिस्ट र किर्नाको चरित्र मिल्ने भएकाले काँग्रेसलाई चुस्ने सँग गठबन्धन गर्न नहुने बताए ।
नेपाली काँग्रेस इटहरी उपमहानगर समितिको नगर सम्मेलनमा सम्बोधन गर्दै कोइरालाले काँग्रेस आफैमा सक्षम र सबल भएको धारणा राखे । विचार, सिद्धान्त र सङ्गठनका हिसाबमा काँग्रेस मजबुत गरेको बताउँदै उनले त्यसलाई समयअनुसार परिष्कृत गर्न बाकी रहेको बताए ।
चरित्र र सिद्धान्त नमिल्ने तर चुसिमात्र राख्ने किर्ना सँगको तालमेलको कारण काँग्रेस बदनाम भएको उनको ठहर छ ।  पुरानतवादी दलहरू र केही नयाँ भनिएका दलहरू पश्चगामी चरित्रको भएको उनको भनाई छ । नेपाली काँग्रेस सिद्धान्त र विचारमा अग्रगामी पार्टी भएको जनाउँदै उनले त्यही अनुसारको व्यवहार गर्नुपर्ने धारणा राखे ।
सम्मेलनमा अर्का केन्द्रीय सदस्य राजीव ढुङ्गानाले काँग्रेसका कार्यकर्ताले टोलदेखीनै पार्टीको प्रचार गर्न आग्रह गरे । काँग्रेसलाई मजबुद बनाउने कार्यकर्ताको ठुलो हात रहेको उनको बुझाई छ । केन्द्रीय नेतृत्वलाई गालिगर्ने बानी परेर विपक्षी दलको आलोचना गर्न बिर्सिँदै गएको प्रति गुनासो गर्दै उनले विपक्षी सँग भिड्ने समयमा आपसमा नभिड्न आग्रह गरे संविधानसभा सदस्य सिताराम मेहताले पनि काँग्रेसलाई बलियो बनाएर लैजानुपर्ने बताए ।
नेविसंघ सुनसरी जिल्ला सभापति प्रमोद भट्टराई युवाहरूको जोसले अब काँग्रेस सबलताको बाटोमा लागेको धारणा राखे । पार्टीले दिएको जिम्मेवारी पुरागर्ने बाचा गरेका उनले युवा तथा विद्यार्थी माझ लोकतान्त्रिक प्रणाली र संसदीय व्यवस्थाको विषयमा बुझाउन जरुरी रहेको बताए ।
खुल्ला सत्र कार्यक्रममा प्रदेश सदस्यहरू सुरज राई, सिजन गुरुङ, महाधिवेशन प्रतिनिधि विकाश केसी तथा नेपाली काँग्रेस क्षेत्र नम्बर २ (१) का सभापति सुवेच्छुक देवान लगायतले धारणा राखे । बन्द सत्रमा क्रियाशील सदस्यको धारणा बुझेपछि केन्द्रीय, जिल्ला र नगर नेतृत्वले जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved