Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उपमहानगर सम्मेलनमा नेताहरूले गुटबन्दी अन्त्य गर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 25, 2023

इटहरी । नेपाली काँग्रेस इटहरी उपमहानगर सम्मेलनमा नेताहरूले गुटबन्दीको अन्त्य गर्ने र मिलेर जाने धारणा राखे । तर कार्यक्रमको सुरुमै प्रदेश सदस्य सूर्य राई र महाधिवेशन प्रतिनिधि विकाश केसी बिच विवाद भयो । राईले बोल्न पाउनुपर्ने अडान राखेपछि आफूहरूले मिलाएर दिने उपमहानगर सचिव मन्दीप भट्टराईले जवाफ दिए । जसरी पनि बोल्न पाउनुपर्ने राईको अडान पछि केसीले हस्तक्षेप गर्दै आयोजकले भने अनुसार हुने जिकिर गरे । लगत्तै सचिव भट्टराईले कार्यक्रम सुरु गरेर माहौल सम्हाल्ने कोसिस गरे ।

सुरुवातमै भट्टराईले आन्तरिक कार्यक्रम भएको भन्दै भिडियो नखिच्न सचेत गराए । लगत्तै आरोप प्रत्यारोप र सुझाव बाट कार्यक्रम सुरु भयो । कार्यकर्ता भन्दा पनि नेताहरूले आपसमा तिक्तता पोखे । नेताहरूले मञ्चबाट गुटबन्दीको अन्त्य गर्नुपर्ने बताउँदै नेतृत्वलाई गाली नगर्न आग्रह गरे ।

नेतृत्व प्रति नरम देखिएका नेताहरूले भर्खरै अस्तित्वमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रचार समेत गरे । रास्वपा सभापति रवि लामिछाने देखी रास्वपाको कार्यक्रमलाई बारम्बार आरोप लगाइरहे । कार्यकर्ता निराश भएको स्वीकार गरेका नेताहरूले रास्वपाको प्रचारमा समय खर्चिए ।

संविधानसभा सदस्य सिताराम मेहताले रवि लामिछानेको भिजन नभएको बताए । राष्ट्रियता, लोकतान्त्रिक प्रणाली, समानुपातिक समावेशिताको विषयमा रास्वपाको कुनै धारणा नभएको उनको भनाई थियो । जुन अभिव्यक्तिले दर्शक दीर्घामा कुनै ऊर्जा दिएन । काँग्रेसले लिएको विचारको जित भएको तर काँग्रेस कार्यकर्तामा निराशा छाएको बताएका उनले रवि लामिछानेको बारम्बार नाम लिइरहे ।

प्रदेश सदस्य सिजन गुरुङले पनि रास्वपाको सङ्गठन बिस्तार हुने क्रममा रहेको जानकारी गराए । रास्वपामा संलग्न हुने ८० प्रतिशत कार्यकर्ता काँग्रेसबाटै जाने उनले आँकडा पेस गरे ।

जिल्ला सभापति केदार भण्डारीले विगतमा काँग्रेसले केही कमजोरी गरे पनि अब सच्चिनुपर्ने धारणा राखे । वडाको टिकट वितरणमा सही व्यक्ति पहिचान गर्न नसकेको उनले बताए । भण्डारीले पनि रास्वपाको नाम उच्चारण नगरी रहन सकेनन् । रास्वपाको चुनाव चिन्ह घण्टीलाई सम्बोधन गर्दै उनले कुनै सिद्धान्त नभएको तर रेडियो तथा टेलिभिजनमा प्रचार गरेर उदाएको पार्टीको संज्ञा दिए ।

केन्द्रीय सदस्य राजीव ढुङ्गानाले ६ महिनामा उदाएका दलहरूमा कुनै विचार नभएको धारणा राखे । रास्वपाको भोटले काँग्रेसका कार्यकर्ता निराश भएको स्वीकार गर्दै उनले नआत्तिन आग्रह गरे । काँग्रेसको भन्दा बढी कम्युनिस्टको मत बढी रास्वपाले तानेको उनको भनाई छ । तनहुँमा घण्टीले काँग्रेसको भन्दा एमालेको भोट बढी लगेको उनले प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved