रेशम चौधरीको पार्टीले सरकारलाई दियो तीन दिनको अल्टिमेटम , माग पुरा नभए समर्थन फिर्ता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो। टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै मंगलबार जन्मकैदको फैसला गरेको थियो। पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितको हस्ताक्षर गरिएको विज्ञप्तिमा जेठ ३ देखि ५ सम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने जनाइएको छ।


बिज्ञयप्ती
पार्टी का नेता,कार्यकर्ता,बुद्दीजिबी,मेरा समर्थक तथा दाजू भाई दिदी बहिनीहरु,
मिति २०८० जेष्ठ २ गते सम्मानित सर्वोच अदालतले गरेको फ़ैसलामा
म प्रति न्यायिक नहुन सक्छ तर त्यसो भन्दैमा स्वीकार्नुको बिक्लप हुन्न।टिकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोली पुनरावकलनको बाटो हाम्रोलागी खुल्ला छ।हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौ साथै सम्मानीत अदालतलाई सबैले उत्तिक्कै सम्मान गर्नू पर्दछ। अहिले टिकापुर घटनाको फैसलालाई अनर्गल बनाउदै जथाभावी सामाजिक सन्जालमा जे पायो त्यही पोष्ट नगर्न हुन अनुरोध गर्दछु। मलाई अझै सम्मानीत सर्वोच्च न्यायलय प्रती भरोसा छ। हामी अझै न्यायीक पर्खाईमा छौ ! त्यसैले सबैलाई सम्मनीत सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो बिज्ञयप्ती जारी गरेकी छु!
म डिल्लीबजार कारागारमा धैर्य,सहनसिलताका साथ कैद भुक्तान गरिरहेको छु!
स्वस्थ छु रति भर मन बिचलित छैन,पुस्तक लेखी रहेको छु ।
केही दिनमा ”धरातल”नामक पुस्तकको साथ तपाई समक्ष साक्षात हुनेछु भन्दै बिदा चाहान्छु !!
जय नागरिक
रेशम चौधरी
डिल्लीबजार कारागार बाट ॥
२०८०।०२।०३










