काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजबादी पार्टीको १.न. प्रदेश पदाधिकारी,जनबर्गिय संगठनहरु एकता गरेको घोषणा गरेका छन।
नागरिक उन्मुक्ति पार्टीसंग एकता गर्दै लोसपाको १.न. प्रदेश युवा अध्यक्ष रोशन लिम्बुले आफुहरुले अहिले बैकल्पिक शक्ति निर्माणमा लागि परेको बताएका छन।

उनले थप्दै भने किरात लिम्बुवान हाम्रो मुख्य एजेन्डा हो र हामी यस प्रति प्रतिबद्ध छौं।अहिले चोइटिएर बस्ने टुक्राटुक्रा भएर बस्ने हो भने हाम्रो माग सम्बोधन नहुने भएकोले बैकल्पिक शक्ति निर्माणमा आफुहरुको ध्यानाकर्षण रहेको समेत बताए।
आजकाे समयमा पहिचानकाे मुद्दा बाेकेकाे एक मात्र पार्टी नागरिक उन्मुति पार्टी मात्र हुन सक्ने र आउदाे समयमा १ प्रदेश १४ जिल्ला भरि नै यसकाे संगठन मा पुर्णता दिने साथै संघियता र पहिचान चाहने,देश सम्रिदि, बिकाश चाहनेहरू देश भरका उत्पिडनमा परेका बिभिन्न धर्म,जाति साथै सबै समुदायहरू नागरिक उन्मुक्ति पार्टी मा एक हुन ध्यानाकर्षण लिम्बूले गराए ।।











