Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कानेपोखरी र सुनवर्षी जोड्ने पुल उद्घाटन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 3, 2023


विराटनगर । मोरङको कानेपाखेरी गाउँपालिका र सुनवर्षी नगरपालिकाको दुई पालिका जोड्ने डाँस खोलामा पक्की पुल उद्घाटन भएको छ ।

कानेपोखरी गाउँपालिका–३ तल्लो हरकपुर हुँदै सुनवर्षी नगरपालिका १ अमरदह बजार जाने डाँस खोलामा पक्की पुल बनेको हो । डाँस खोलामा पक्की पुल निर्माण भएपछि कानेपोखरीबाट सुनवर्षीको अमरदह हुँदै पूर्वको ठुला बजार पथरी जान सहज भएको कानेपोखरी ३ का भुवन राईलले बताए । ‘वर्षमा जहिले बाढीले दुःखे दिने खोला हो यो । अब पक्की पुल बनेपछि आवतजावतमा सहज भएको छ,’ उनले भने, ‘पथरी बजार जान पनि अब सहज हुने भएको छ ।’

यसअघि पुल नहुँदा वर्षायाममा पथरी बजार जानुपर्दा घुमेरी कानेपोखरी हुँदै जानुपर्ने बाध्यता पनि अन्त्य भएको उनले सुनाए । ‘अब वर्षायाममा पनि डाँसा खोलाको पुलबाट तरेर सिधै उत्तर लाग्दा पथरी बजार पुगिन्छ,’ उनले भने, ‘पुलले पथरी जाने दुरी पनि घटाइदिएको छ ।’

आवतजावत मात्रै नभएर गाउँका उत्पादनलाई बजारसम्म पुर्‍याउन पुल बनेपछि सहज भएको उनले सुनाए । कानेपोखरी गाउँपालिकातिरबाट सुनवर्षीको अमरदह, पथरीशनिश्चरेको पथरी, शनिश्चरे र उत्तरबाट हरकपुर, दलेली, रंगेलीलगायतका बजार कृषिजन्य उत्पादित बस्तुहरू बिक्री वितरण गर्न लैजान पनि सहज भएको स्थानीय बताउँछन् ।

कोशी प्रदेशका सडक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले  बुधबार डाँस खोलाको पक्की उद्घाटन गरेका हुन् । तीन तहको सरकारबीच समन्वय गरेर विकास निर्माणको काम हुने मन्त्री चपागाइँले बताए । ‘साना योजनाहरूमा स्थानीय सरकारले काम गरेर अगाडि बढ्नेछ । स्थानीयले नसकेको मझौला खालको योजनाहरू प्रदेश सरकारले गर्नेछ । त्यसभन्दा ठुलो योजना संघीय सरकारले गर्नेछ,’ मन्त्री चापागाईंले भने, ‘यसरी विकासको काम तीन तहको सरकारले समन्वय गरेर अगाडि बढ्नेछ ।’

प्रदेश सरकारको मातहतमा रहेको सिँचाइ, खानेपानीको क्षेत्रमा, तटबन्ध, कार्यालय भवन निर्माणका कामहरू भइरहेको बताउँदै उनले सबै खालका कामहरू हेर्दा प्रदेश सरकारले सिंहदरबारको अधिकार गाँउगाँउमा ल्याएको दाबी गरे । विगतका दिन सामान्य विकासका योजना र बजेटको माग राख्न सिंहदरबार धाउनुपर्ने आएको कामलाई समयमा सम्पन्न गर्न नसक्ने अवस्था रहेको भए पनि पछिल्लो समय प्रदेश सरकार आएपछि धेरै कुरामा सहजीकरण भएको मन्त्री चापागाईले दाबी गरे ।

प्रदेश सांसदद्वय लिलाबल्ब अधिकारी र गीता तिम्सिनाले अत्यन्तै आवश्यक ठाउँमा पुल बनेको बताए । ‘पुल अत्यन्तै आवश्यक ठाउँमा बनेको छ’ अधिकारीले भने, ‘पुलबाट सहजीकरण मात्र नभएर जीवनस्तर उकास्न लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’ प्रदेश सरकार बनेपछि स्थानीयस्तरमा विकासको कामले गति लिने उनले बताए । कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष, भोलाप्रसाद अधिकारीले भौतिक संरचना बन्दै गर्दा प्रदेश सरकारको काम देखिएको बताए । उनले यसका बीच पनि थुप्रै खाल्का आवश्यकता रहेको र जनसरोकारका थुप्रै आवश्यकता रहेकाले तीनै तहको सरकारले ध्यान दिन जरुरी रहेको बताए ।

६ करोड ४५ लाख ४७ हजार ३ सय ४७ रुपैयाँ लागतमा पुल निर्माणको ठेक्का कार्की बन्धु कन्स्ट्रक्सन प्रा.लि विराटनगरले लिएको थियो । २०७६ पुस १० गते सम्झौता गरेर काम सुरु गरेको थियो । ०७९ माघ २९ सम्ममा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने भए पनि कोभिड १९ को कारणले ढिलाइ भएको थियो ।

कानेपोखरी र सुनवर्षीका स्थानीयले डाँस खोलामा तटबन्ध लगाइदिन स्थानीयले माग राखेका छन् । पुल बनेपनि तटबन्ध नहुँदा बर्खायाममा बाढीले दुःख दिने भएकोले तटबन्ध लगाइदिन यहाँका स्थानीयले प्रदेश सरकारसँग माग राखेका हुन् ।

डाँस खोलाले बर्खायाममा बाढीले सास्ती दिने भएकोले पुलको छेउदेखि दक्षिणसम्म तटबन्ध लगाइदिन माग गरे । सुनवर्सी नगरपालिका १ का वडाध्यक्ष वीरबहादुर राईले कानेपोखरी र सुनवर्षी जोड्ने पुल निर्माणले वारी र पारीको सम्बन्ध जोडिने बताए । उनले एक घण्टा लाग्ने दुरी पुल निर्माण भएसँगै सहज भएको बताउँदै उनले पुल निर्माणसँगै तटबन्ध गर्न आवश्यकता रहेको बताए । यस्तै कानेपोखरी गाउँपालिका–३ का गोपालबहादुर कार्कीले तटबन्ध नगरेर बर्खामा बस्ती डुबानमा पर्ने वा विस्थापित गर्ने समस्या रहेको बताए । बस्ती व्यवस्थापनका विषयमा गाउँपालिका देखि संघसम्म कुरा राख्दा बजेटको समस्या देखाउँदै उनले व्यवस्थित रुपमा डाँस खोलामा तटबन्ध आवश्यक रहेको उल्लेख गरे । ratopati.com बाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved