तनहुँ। तनहुँ क्षेत्र नम्बर १ को पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो विवरण अनुसार वाग्लेले ९ हजार ३४९ मतान्तरसहित अग्रता कायम गरेका छन् ।४३ हजार ७१ मत गन्दा वाग्लेले २२ हजार २६० मत ल्याएका छन् ।
नेपाली कांग्रेसका गोविन्द भट्टराई १२ हजार ९११ का साथ उनलाई पछ्याइरहेका छन् ।नेकपा एमालेका सर्वेन्द्र खनाल ६ हजार ५९५ मतसहित तेस्रो स्थानमा छन् ।











