काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन्।
आज बिहान ९ः२० बजेसम्म १६ हजार ३४२ मतगणना हुँदा रास्वपाका डा वाग्लेले ९ हजार १९८ मत पाएका हुन्। दोस्रोमा भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई हुँदा तेश्रोमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल छन्।

नेपाली कांग्रेसका भट्टराईले ३ हजार ८०३ र नेकपा एमालेका खनालले २ हजार ४३० मत प्राप्त गरेका छन्। तनहुँ क्षेत्र नं। १ को मतगणना आइतबार रातिदेखि नै भइरहेको छ। सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् ।
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो ।










