काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले स्थानीयलाई ६ लाख कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि एक लाख २० हजार कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ६८ हजार ६३९ कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
उक्त आईपीओमा वैशाख १३ गतेदेखि १७ गतेसम्स आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म माग अनुसार आवेदन नपरे वैशाख २७ गतेसम्म आवेदन दिने समय थप गरिने बताइएको छ ।
कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।










