काठमाडौं । नेपाल वायु सेवा निगमले तीनवटा जहाज किन्न सात सदस्यीय उपसमिति गठन गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलकाअनुसार दुर्गम क्षेत्रका आम जनताको ठूलो मागलाई सम्वोधन गर्न र हवाई कनेक्टिभिटी वढाउन दुर्गम क्षेत्रमा उडान भर्न सक्ने ३ वटा साना जहाज खरीद गर्ने कार्ययोजना अघि वढाउन निगम व्यवस्थापनको उप समिति गठन गरेर प्रक्रिया सुरु भएको हो । ‘जहाज खरिद कार्य सम्पन्न गर्नका लागि निगम सञ्चालक समितिदवारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधीरशमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ । उक्त उपसमितिले कार्य समेत सुरु गरिसकेको छ’, प्रवक्ता पौडेलको भनाइ छ ।
जहाज खरिदपछि पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर केहि हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने विश्वास व्यक्त गर्दै यसबाट आफ्नो राष्ट्रि«य र सामाजिक उत्तरदायित्व समेत निर्वाह हुने कुरामा निगम विश्वस्त रहेको दावी गरेको छ ।











