काठमाडौ। सरकार विस्तारबारे छलफल गर्न बालुवाटारमा गठबन्धनका नेताहरू भेला भएका छन् । बैठकले मन्त्रालयको भागबन्डाबारे छलफल गर्नेछ । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि सरकार विस्तार गर्ने बताउँदै आएका थिए ।
प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबैलाई समेटेर सरकार विस्तार गर्ने योजना बनाएका छन् । तर, गठबन्धनमा धेरै दल भएकाले भागबन्डामा सकस हुने देखिएको छ । File photo











