काठमाडौं । एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनीत भएका छन् । पार्टी सचिवालय बैठकले आइतबार भुसाललाई महासचिवमा नियुक्त गरेको हो ।
यसैगरी पार्टीले हालसम्म महासचिव रहेका वेदुराम भुसाललाई उपाध्यक्षमा मनोनीत गरेको छ । आमनिर्वाचनअघि एमाले छाडेका भुसाल गत फागुनमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।











