काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा पदम गिरीलाई मनोनीत गरेका छन् । एमालेले निर्वाचन सम्पन्न भएको झण्डै चार महिनामा प्रमुख सचेतक मनोनीत गरेको हो ।
एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गिरीलाई आइतबार प्रमुख सचेतकमा मनोनीत गरेको पत्र दिएका हुन् ।पर्वतबाट निर्वाचित गिरी प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री बनेका थिए । एमालेले संसदीय दलको उपनेता भने अझैसम्म कसैलाई तोकेको छैन ।यस्तै एमालेले महेश वर्तौलालाई सचेतकमा नियुक्त गरेको छ । उनी मकवानपुरबाट निर्वाचित सांसद हुन् ।











