काठमाडौं ।नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सभा सदस्य नरेश शाही मन्त्री बन्ने भएका छन् । कांग्रेस नेतृत्वको सरकारमा शाही मन्त्री बन्दैछन् । नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहसँगै मन्त्री शाहीले शपथ लिनेछन् । उनले कुन मन्त्रालय पाउनेछन् भन्ने टुंगो लागेको छैन ।
बिहीबार नेकपा एमालेसहितको गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका राजेन्द्र रावलले विश्वासको मत पाउन नसकेपछि प्रदेशको सभाको ठूलो दलको हैसियतमा कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

अहिले केही बेरमा मुख्यमन्त्री तथा मन्त्रीहरूले प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिदैछन् ।










