काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
पेट्रोलियम पदार्थमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि भएको हो । भने, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत छ ।












