काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले रवि लामिछानेले नागरिकता लिएर उपनिर्वाचन लड्न सक्ने बताएका छन् ।
शनिवार पार्टी कार्यालय च्यासलमा आयोजित सहिद स्मृति कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गदै नेम्वाङले रविविरुद्ध सर्वोच्च अदालतले दिएको आदेशलाई स्वभाविक रूपमा लिनुपर्ने बताए ।

कानून बमोजिम जो कोही माथि मुद्दा चल्न सक्ने भएकाले यसलाई आश्चर्यको रूपमा दिन नहुने उनको भनाई छ । राष्ट्रपतिको हकमा यसअघि भएको सहमतिअनुसार एमालेले नै उम्मेदवार खडा गर्ने उनले बताए ।
राष्ट्रपतिका विषयमा अध्यक्ष केपी ओलीले पनि छलफल गरिरहेको नेम्वाङले बताए । राष्ट्रपतिका विषयमा अन्य दलहरूसँग सल्लाह गर्ने माओवादीको निर्णयलाई अन्यथा मान्न नहुने र एमालेको उम्मेदवारमाथि नै राष्ट्रिय सहमति खोज्ने नै भएको जिकिर गरे ।










