यस्तै, राप्रपाबाट राजेन्द्र लिङदेनले उपप्रधानमन्त्री तथा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीको शपथ लिएका छन् । धुव्रबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र विक्रम पाण्डे शहरी विकास मन्त्री बनेका छन् । यस्तै, दीपकबहादुर सिंह उर्जा राज्यमन्त्री भएका छन् ।

सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिशिर खनाल शिक्षा मन्त्री तथा डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् । रास्वपाकी डा. तोसिमा कार्कीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् ।










