काठमाडौ । गत ५ महिनामा नेपालमा २५ करोड भन्दा बढिको चुईङ्गम आयात भएको छ । भन्सार विभागका अनुसार गत साउन देखि मङ्सिर मसान्तसम्म २५ करोड ९३ लाख ४ हजार रूपैयाँ बराबरको चुईङ्गम आयात भएको हो ।
भारत, श्रीलङ्का, टर्कि, बेलायत र अमेरिकाबाट नेपालले चुईङ्गम आयात गरेकोमा सवैभन्दा धेरै भारतबाट मात्रै २५ करोड ४ लाख रूपैयाको चुईङ्गम आयात गरेको छ ।

यो गतवर्षको तुलनामा एक करोड ७३ लाखले कम रहेको भन्सार विभागका सुचना अधिकारी पुन्य विक्रम खड्काले सीआईएनसँग बताउनुभयो । विभागका अनुसार गत आर्थिक वर्ष ३२ करोड ६ लाख मूल्यको चुईङ्गम आयात गरिएको थियो ।
जुन गत ५ वर्षको तुलनामा ७ करोडले कम हो ।










