काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य राजनीतिक दलसँग ५० लाख मानिस असन्तुष्ट छन् भन्ने कुरा स्वीकार गरेका छन् । उनले त्यो असन्तुष्टी हटाउन विश्वासको मत मागेका छन् ।
संसदको रोष्ट्रममा उभिएर प्रचण्डले जनताको असन्तुष्टी छ भन्ने कुरा लुकाएर होइन स्वीकार गरेर असन्तुष्टी हटाउन आफूले विश्वासको मत मागेको बताए ।

प्रचण्डले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा आशातित काम गर्न नसक्नु र सेवा प्रभावहरूलाई जनतामैत्री बनाउन नसक्ने कारणले जनतामा असन्तुष्टी रहेको बताए । ‘५० लाख मानिस हामीसँग असन्तुष्ट छन् भन्ने कुरा लु्काएर होइन । मानिसहरु हामीसँग असन्तुष्टी छ । त्यसमा सुधार गर्नुपर्छ भनेर विश्वासको मत माग्दैछु । हामीले समस्या लुकाएर होइन समस्यालाई स्वीकार गर्दै त्यसको समाधान खोज्नुपर्छ’, प्रचण्डले भने ।










