उमेश भुजेल-जेठ १६, खोटाङ। सरकारले खोटाङ जिल्ला अस्पताल दिक्तेलमा स्वास्थ्य उपकरणआईसियू र भेन्टिलेटर खरिदका लागि तिन करोड बजेट पठाएको छ । जिल्लामा कोरोना संक्रमितको उपचारका लागि आवश्यक क्ष्ऋग् खरिद गर्न सरकारले बजेट उपलब्ध गराएको हो । अर्थ मन्त्रालयले विभिन्न शिर्षकमा तिन करोड बजेटको उपलब्ध गराएको जनाइएको छ ।

जिल्ला अस्पताल खोटाङ दिक्तेलमा ५ वटा भेन्टिलेटर र २ वटा आईसीयुसञ्चालन गर्न ३ करोड छुट्याएको छ । जिल्ला अस्पताल दिक्तेलमा जडा भएकको क्ष्ऋग् बाट विशेषगरी १४ वर्षमुनीका बालबालिकाले बढी लाभ लिनेछन् । जिल्ला अस्पताल खोटाङको दिगो व्यवस्थापनले माथिल्लो सगरमाथाका खोटाङ, सोलुखुम्बु, उदयपुर र ओखलढुंगाका नागरिकको स्वास्थ्य यसको लाग लिने छन् ।
जिल्लामा आईसीयु र भेन्टिलेटर सहितको पर्याप्त सेवा नपाउँदा अस्पताल पुगेका कोरोना संक्रमितहरुले लाखौ रुपैया खचए गरेर हेली मार्फ जिल्ला बाहिर जान बाध्यछन् । यस अघि संघबाट ७५ लाख अक्सिजन प्लान्ट स्थापना गर्नको लागि बजेट छुट्टि सकेको छ । क्ष्ऋग्, भेन्टिलेटर र पर्याप्त अक्सिजन सहितको अस्पताल व्यवस्थापन र पिसिआर जाँच समेत जिल्लामै हुने भएपछि खोटाङ्गेहरुमा आसाको किरण झुल्कीएको ।











