दोलखा सम्बादाता । विश्व कोभिड -१९ को महामारीमा दुबिरहेको अबस्थामा नागरिकको सुरक्षा राज्यले गर्नु पर्ने अबस्थामा, नेपालमा भने विभिन्न दातृनिकाय र सहयोगी संघसंस्थाहरुको भरमा नागरिक ज्यानको सुरक्षा गर्न बाध्य भएका छन । त्यस्तै चिन्ता प्रबासमा रहेको नेपाली दाजुभाईहरुलाई छन । कसरी आफ्नो समुदाय र आफन्तलाई कोभिड – १९ बाट जोगाऔं भन्ने ।

यहि अबस्थामा प्रबासमा रहेका नेपाली दाजुभाईहरुले आ-आफ्नो समुदायलाई कोभिड -१९ बाट बचाउन प्रबासमा रहेर पनि सहयोग गरिरहेका छन । यस्तै उदाहरणीय काम निको युगान्तकारी आर्थिक सहकारी मन्चले डोल्खा जिल्ला, बिगु गाउँपालिका – ८ थामी चगु कोलेपा वडा :१/२ का प्रबासमा बस्ने युबाहरुले गरेका छन । उक्त सहकारी सस्थाका सक्रिय युबाहरुले प्रबासबाट पनि गाउँमा कोरोनाबाट बच्नका लागि माक्स, साबुन र सेनिटाइजर बिगु गाउँपालिका -८ थामी चगु कोलेपाका स्थानियहरुलाई सहयोग गरेको जानकारी सस्थाको सयोज सन्तोष ठान्टिले बताउनु भयो । निको युगान्तकारी आर्थिक सहकारी मन्च डोल्खा जिल्लाबाट प्रबासमा रहेका युबाहरुद्वारा सचालित सामाजिक संस्था हो ।










