उमेश भुजेल- जेठ १६, खोटाङ । खोटाङ्गको हलेसी तुवाचुङ नगरपालिकामा कुनै पनि कोभिड संक्रमितहरुले अक्सिजनको अभावमा छटपटाउनु नपर्ने नगर प्रमुख इवन राईले बताएका छन् । भिजनसंग कुरा गर्दै नगरप्रमुख राईले संक्रमितहरुले अक्सिजन लगायतको स्वास्थ्य सामग्रीको प्रयाप्त जोहो गरिसकेको बताए ।
हरेक स्थानीय तहमा कोरोना संक्रमणका विरामीहरु अक्सिजना लगायतका स्वास्थ्य सामाग्रीहरु नभएर छटपटाइरहेको अवस्थामा अव नगरवासीले त्यस्तो अवस्था भोग्न् नपर्ने उनको भनाई छ । नगरपालिकाले हालसम्म ६४ वटा सिलिण्डर जोहो गरिसकेको र अन्य पनि खरिद गर्ने योजना रहेको नगर प्रमुख राईको भनाइ छ । नगरपालिकालाई शनिबार मात्रै हाम्रो अक्सिजन ग्यास उद्योग प्रा।लि। ककनी नुवाकोट र नवज्योति अक्सिजन उद्योग प्रा लि पनौति काभ्रेले सिलिण्डर पछि फिर्ता गर्ने शर्तमा ६ लाख रुपैया डिपोजिट गरि ४२ थान सिलिण्डर खरिद गरेको उनले जानकारी दिए ।
प्रा लि ले उपलब्ध गराएका अक्सिजन सिलिण्डरहरु ४७ लिटर क्षमताको ३२ थान र १२ लिटर क्षमताको १० थान रहेका छन् यो संगै नरपालिकोको आइसोलेसन केनद्रमा ६४ थान भएको उनले दावी गरे । उनले भने, “शिलिन्डर फिर्ता गरेपछि डिपोजिट गरेको ६ लाख पैसा फिर्ता हुनेछ तर अक्सिजन वापत ४७ लिटरको ५ सय र १० लिटरको २५० प्रति थान शुल्क भने बुझाउनु पर्नेछ ।अव अक्सिजनको अभावमा कुनै पनि विरामीले आइसोलेसन वेडमा छट्पटाउनु पर्दैन।”
नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा न्युनिकारण गर्नकोलागि हलेसी स्थित रोयल होटलमा सुविधायुक्त ३२ वेडको आइसोलेन केन्द्र निर्माण गरेको छ । हालसम नगरपालिकामा १ सय १७ जना कोरोना संक्रमित भइसकेका छन भने २३ जनाले कोरोनालाई जितेको स्वास्थ्य शाखा संयोजक रामकुमार भगवतले बताए । होल आइसोलेसनमा बस्ने संक्रमितहरुलाई औषधि र स्वास्थ्य सामाग्रीहरुले लिएर घर घर पुगरे स्वास्थ्य अवस्थाबारे जानकारी दिइरहेको मेयर राईको भनाई छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा संयोजक भगवतले बताए ।










