एलन अधिकारी , काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउन प्रस्ताव गरिएको छ ।
गण्डकीको क्षेत्रीय सभापति बैठकमा गगन थापालाई उम्मेदवारको प्रस्तावसहित कांग्रेस कास्कीका सचिव भानुभक्त ढकालले निवेदन दर्ता गराएका हुन् । समितिलाई उम्मेदवार बन्न चाहनेलाई बुधबार ३ बजेसम्म नाम प्रस्ताव गर्न आग्रह गरेको थियो ।











