काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् ।
शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सांसद भुसालको पक्षमा १४८ मत परेको थियो ।

उनको विपक्षमा ९३ मत परेको थियो । एक जना भने तटस्थ बसेका थिए । उपसभामुखमा भुसाल र नेकपा एमालेका विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई उपसभामुखमा चयन गरियोस भन्ने प्रस्ताव पारित भएका कारण भट्टराईको प्रस्तावमा मतदान नै गर्नु परेको थिएन ।










